News

‘नमूना कार्यालय’ कै नासु र लेखापढी व्यवसायी घुससहित समातिए

‘नमूना कार्यालय’ कै नासु र लेखापढी व्यवसायी घुससहित समातिए

काठमाडौंः मालपोत कार्यालय साँखुका नायव सुब्बा रामेश्वर कुइकेल र लेखापढी व्यवसायी श्रीराम सापकोटालाई घुस रकमसहित पक्राउ गरिएको छ ।

दृष्टि बन्दकको लिखत पास गरे वापत २ हजार रुपैयाँ घुस लिने नायव सुब्बा कुइकेल र उनलाई घुस रकम दिने लेखापढी व्यवसायी सापकोटालाई रंगेहात पक्राउ गरिएको हो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार दुवै जनालाई टंगालस्थित कार्यालयबाट खटिएको टोलीले घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका सापकोटा र कुइकेलमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गत साउनमा साँखुस्थित मालपोत कार्यालयलाई नमूना कार्यालय घोषणा गरेकी थिइन् ।

नायव सुब्बा रामेश्वर कुइकेल श्रीराम सापकोटा मालपोत कार्यालय साँखु

विशेष