बेलायती न्यायिक इतिहासका सबैभन्दा खतरनाक बलात्कारी
एजेन्सीः ‘१५९ यौन दुब्र्यवहारका घटनामध्ये १३६ बलात्कार गरेको अभियोगमा पक्राउ परेका ब्यक्तिलाई मुक्त गर्नु सुरक्षित हुने छैन्’ बेलायत म्यान्चेष्टरका एक जना न्यायाधीशले आफ्नो आदेशमा उल्लेख गरेका छन् । रेनहार्ड सिनागा नामक ३६ वर्षीय पुरुषलाई ब्रिटेनको म्यान्चेष्टरस्थित रात्रीकालीन मनोरञ्जनस्थल बाहिरबाट ४८ जना पुरुषलाई झुक्याएर बलात्कार गरेको अभियोगमा दोषी पाइएको छ ।
रेनहार्डले आफ्नो निवासमा लगेर औषधि खुवाई यौन आक्रमण गरेको र त्यसको भिडियो खिचेको अभियोगमा उनलाई दोषी ठहर गरिएको हो । बेलायतको न्यायिक इतिहासमा सिनागालाई अहिलेसम्मकै ‘खतरनाक बलात्कारी’ को उपमा दिइएको छ ।
स्नातकोत्तरसम्म अध्ययन गरेका रेनहार्ड सिनागा इन्डोनेसियाका नागरिक हुन् । रेनहार्ड अदालतमा उपस्थित गराइनु अघि लीड्स विश्वविद्यालयमा विद्यावारिधिमा अध्ययनरत थिए । प्रहरीले सिनागाको मोबाइल नियन्त्रणमा लिँदा प्रत्येक आक्रमणको सयौं घण्टाको भिडियो फेला पार्यो । म्यान्चेष्टर क्राउन अदालतले सिनागालाई आजीवन काराबासको सजाय सुनाएको छ । उक्त मुद्दाको सुनुवाइको क्रममा दोषीको पहिचान खुलाउन पहिलोपटक सोमबार अदालतमा समाचार सम्प्रेषणको प्रतिबन्ध समेत हटाइयो । सिनागाविरुद्ध ४८ ब्यक्तिले १३६ बलात्कार, १४ यौन दुब्र्यवहारको मुद्दा गरेका छन् ।
सन् २०१७ को जुन महिनामा सिनागालाई पक्राउ गरिएको थियो । सिनागाले यौन आक्रमण गर्दागर्दै एक पीडितको होस खुलेपछि सिनागालाई पन्छाएर प्रहरीमा ऊजुरी गरेकी थिइन् । त्यसमध्ये उक्त मुद्दाको अनुसन्धान सुरु गरिएको थियो । अदालतमा उनले सबै यौन क्रियाकलाप पारस्परिक सहमतिमै भएको भन्दै निदाएको अभिनय गरेर आफूलाई भिडियो खिच्न दिएको बयान दिएका थिए ।
रेनहार्ड सिनागा खतरनाक बलात्कारी बेलायती न्यायिक