News

पण्डितले अब नागरिकता वा जन्मदर्ता हेरेर मात्र विवाह गराउने

पण्डितले अब नागरिकता वा जन्मदर्ता हेरेर मात्र विवाह गराउने

सिरहा। सिरहाका पण्डित तथा मौलानालाहरुले अबदेखि बिवाह गराउँदा केटाकेटीको नागरिकता या जन्मदर्ता हेरेर मात्र विवाह गराउने प्रतिबद्धता जनाएका छन।

बालविवाहमा कमि ल्याउने उदेश्यले सोमबार सिरहा नगरपालिका १२ काे सारस्वरमा आयोजना गरिएको अन्तरक्रियात्मक कार्यक्रममा पण्डित तथा मौलानालाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन्। विवाह गराइ दिनुअघि जन्मदर्ता वा नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पुरोहित तथा मौलानाहरुले सहमति जनाएकोे सिरहाका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चतुर्वेदीले जनाए।  

उमेर नपुग्दै बालविवाह गर्ने र त्यसैका कारण घरेलु हिंसा, बहुविवाह, सम्बन्ध विच्छेदका घटना बढ्दै गएपछि प्रहरीले विवाहमा प्रत्यक्ष संलग्न हुने पुरोहित तथा मौलानाहरुलाई प्रशिक्षण दिएको उनको भनाइ छ।

उमेरै  नपुगेकाको विवाह गराउने पुरोहित तथा मौलाना र अभिभावकलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबानाको कानुनी व्यवस्था पनि रहेको छ । 

 

#विवाह

विशेष