होमस्टेमा उदाउँदै गाभर भ्याली (फोटोफिचर)

होमस्टेमा उदाउँदै गाभर भ्याली (फोटोफिचर)

सरकारले यो वर्षलाई भ्रमण वर्ष घोषणा गरेको छ । सन् २०२० भित्र २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारी लक्ष्य छ । पर्यटक बाह्य हुन या आन्तरिक हरेक पर्यटकको चाहना हुन्छ कि उनीहरुको समय रमाइलोमा वितोस् । तिरेको पैसाले सन्तुष्टि प्राप्त होस् । 

आन्तरिक पर्यटन पनि नेपालमा चाखलाग्दो ढंगले बढिरहेको छ । अझ नयाँपुस्ताले घुम्नुलाई संस्कृतिका रुपमा आत्मसात गर्दै गएको छ । शहरमा रहेको वर्ग गाउँले घरेलु वातावरण रुचाउँछ । गाउँमा बाँचेकाहरुलाई गाउँ प्रिय लाग्नु स्वाभाविक भइहाल्यो ।

 

समुदायले स्थापना गरेका होमस्टे यतिबेला लोकप्रिय बन्दै गएका छन् । सम्पूर्ण अर्गानिक खानपान, विशुद्ध पारिवारिक र शान्त वातावरणले हरकोहीका लागि होमस्टे रुचिकर बन्दै गएको हो । अझ विभिन्न जाति र समुदायको संस्कृतिसंग निकटता महसूस हुने भएकाले पनि यसको महत्व थप बढ्दै गएको हो ।

 
यहाँ चर्चा गर्न लागिएको बाँकेको पहिलो सामुदायिक होमस्टे गाभर भ्यालीको हो । बाँकेको बैजनाथ गाउँपालिकामा रहेको यस भ्यालीमा मुगेली थारु समुदायका १७ वटा होमस्टे एकै ठाउँमा छन् ।

 

 

यहाँ थारुको मिश्रित संस्कारमा परम्परागत परिकारको स्वाद लिन सकिन्छ । यहाँ अनदीको भात, ढिक्री, कोदो, फापरको ढिंडो, घोंघी र गँगटोजस्ता थारु स्वादका पारखीका लागि विशेष व्यवस्था छ । 

गाँस, बाससहित दैनिक १ हजार रुपियाँ तिर्नुपर्ने यस ठाउँमा पर्यटकले वन, वन्यजन्तु र पर्यावरणको फाइदा उठाउन सक्छन् । ग्राभर भ्याली पुग्न नेपालगञ्जसम्म हवाई यात्रा वा बस यात्रा गर्न सकिन्छ । नेपालगञ्जबाट १० किलोमिटरको बाटो पार गर्दै कोहलपुर पुगिन्छ ।

भ्याली पुग्न कोहलपुरबाट १ किलोमिटरको कच्ची दूरी पार गर्नुपर्छ । यो पूर्वपश्चिम राजमार्ग नजिकै छ ।  
 

होमस्टे भ्रमण वर्ष

संम्बधित खबर

विशेष