१ सय २२ चिनियाँ नागरिकलाई फिर्ता पठाइँदै
काठमाडौं – पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँ नागरिकलाई आज चीन फिर्ता पठाइँदै छ।
चिनियाँ नागरिकलाई लिन चीनबाट दुई वटा चाटर्ड जहाज आउँदैछन्। अध्यागमन विभागका अनुसार आज साँझ उनीहरूलाई चीन फिर्ता पठाउन लागिएको हो।
एउटा जहाज ३:५५ र अर्को ५:४५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडाैं आइपुग्नेछन्। एउटा जहाजमा ४२ र अर्काेमा ८० जना फर्किनेछन्।
नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले ७ पुसमा काठमाडौंको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई पक्राउ गरेको थियो। स्रोतका अनुसार चिनियाँ प्रहरी चार दिन अघि नै नेपाल आइपुगेका थिए।