मानहानी भयो, कानूनी उपचारमा जान्छु : उपाध्यक्ष गिरी
काठमाडौं – चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले घुस मागेको बी एण्ड सी मेडिकल कलेजका सञ्चालकले आरोप लगाएर मानहानी गरेको बताएका छन्।
बी एण्ड सीका सञ्चालक दुर्गा प्रसाईंले बुधबार पत्रकार सम्मेलन गरी केलजलाई सम्बन्धन दिन उपाध्यक्ष गिरीले २० करोड रुपैयाँ मागेको आरोप लगाएका थिए ।
तर गिरीले त्यसलाई खण्डन मात्र गरेनन्, मानहानी गरेकाले कानूनी उपचार खोज्ने चेतावनी दिएका छन् । बुधबार नै पत्रकार सम्मेलन गरेर गिरीले भने, ‘आरोप सुनेर आश्चर्य लाग्यो । यो कपोलकल्पित हो र मलाई खेद छ ।’ उनले अघि भने, ‘यो विकृत मनस्थिति भएका व्यक्तिले लगाएको आरोप हो । यसमा सत्यता छैन ।’
आफू १५ मंसिरमा द्धारिका होटल नै नगाएको र प्रसाईंसँग भेट नभएको उनले बताए । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीले भने, ‘यो आरोप पुष्टि गर्न चेतावनी दिन्छु ।’