पृथ्वीजयन्तीमा सार्वजनिक बिदा
नुवाकोट – विदुर नगरपालिकाले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने भएको छ ।
नगरपालिकाले पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणका नुवाकोट विजयबाट सुरु गरी साततले दरबार(विसं १८१९) बनाएर करिब २५/२६ वर्ष त्यहीँबाट राज्य सञ्चालन गरी राष्ट्रिय एकता गरेकाले उनलाई भुल्न नहुने जनाएको छ ।
नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शाहप्रति श्रद्धाञ्जलि व्यक्त गर्न पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।
नगरपालिकाको गत पुस १० गते बसेको पाँचा नगरसभा अधिवेशनले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाइएको छ ।