विदेश

अमेरिका र इराकबीच चर्कियाे द्वन्द, नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन

अमेरिका र इराकबीच चर्कियाे द्वन्द, नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन

केही दिनअघि अमेरिकाले इराकमा हवाई हमला गरेपछि दुबै देशबीच द्वन्द चर्किएकाे छ।द्वन्द चर्किएपछि नेपाली सेनाले इराकमा शान्ति स्थापनाका लागि खटिएका नेपाली शान्ति सैनिकलाई सतर्क रहन निर्देशन दिएको छ ।

सेनाले बुधबार विज्ञप्ति जारी गरी अहिलेसम्म नेपाली शान्ति सैनिक सकुशल रहेकोउल्लेख गरेको छ ।

अमेरिकाको कारबाहीमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीको मृत्यु भएपछि अमेरिकी सेनाको बेसक्याम्पमा मिसाइल आक्रमण हुन थालेकाे छ।

नेपाली सेनाले इराकको किरकुक र इरविलमा रहेका नेपाली शान्ति सैनिकलाई सतर्कता अपनाउन निर्देशन दिएको छ । शान्ति स्थापनाका लागि इराकमा तैनाथ नेपाली सेनाको गार्ड युनिटलगायत लेबनान र सिरियामा तैनाथ नेपाली सेनाका युनिटमा पनि विशेष सतर्कता अपाउन निर्देशन दिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

विशेष