News

यतिलाई ताहाचलको जग्गा भाडामा, कौडीको दाममा दिएपछि लुकाउने प्रयास

यतिलाई ताहाचलको जग्गा भाडामा, कौडीको दाममा दिएपछि लुकाउने प्रयास

काठमाडौँ। सरकारका उच्चपदस्थ अधिकारीसँग पहुँच बढाएर नेपाल ट्रस्टको अधिकांश सम्पत्तिमा रजाइँ गरेको यती समूहलाई ताहाचलको जग्गा भाडामा दिने विषय ढाकछोप गरेकोे तथ्य फेला परेको छ।

ट्रस्टको स्वामित्वमा ताहाचलमा रहेको चार रोपनी चार आना तीन पैसा तीन दाम जग्गा यतीको भगिनी कम्पनी थामसेर्कु डेभलपर्सलाई ३० वर्षका लागि भाडामा दिएको विषयलाई ट्रस्टका तत्कालीन अधिकारीहरुले ढाकछोप गरेको तथ्य फेला परेको हो। ट्रस्ट र थामसेर्कुबीच २०७४ माघमा ताहाचलको जग्गा भाडामा दिने सम्झौता भए पनि यसलाई ट्रस्टको सोही वर्षको वार्षिक प्रतिवेदनमा लुकाइएको छ।

ट्रस्टले २०७५ असारमा सार्वजनिक गरेको आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमा थामसेर्कुलाई जग्गा भाडामा दिएको विषय उल्लेख गरेको छैन। यती समूहलाई नाममात्रको प्रतिस्पर्धा गराएर कौडीको भाउमा ताहाचलको जग्गा लिजमा दिएका कारण यो विषयलाई ढाकछोप गर्न खोजिएको ट्रस्टका उच्च अधिकारीहरु बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा सुनिल सापकोटाले लेखेका छन। 

जग्गा भाडामा नेपाल ट्रस्ट

विशेष