कस्तो छ आजको मौसम ? हेर्नुहोस ३ दिनसम्मको मौसम पूर्वानुमान
काठमाडौँ। आज देशका पश्चिमी भू-भागहरुमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायूको प्रभावले हिमाली क्षेत्रमा भने सामान्य वर्षादेखि भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको छ।
यस्तो छ ३ दिनसम्मको मौसम पूर्वानुमान
पौष २३ गते बुधबार
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना छ। त्यस्तै देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
पौष २४ गते बिहीबार
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी भु-भागमा सामान्य बदली तथा पश्चिमका भू-भागमा आंशिक बदलि रही पश्चिमका एक-दुई स्थानहरुमा साथै मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
पौष २५ गते शुक्रबार
दिउँसो : देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ। मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
रातीः देशभर मौसम सामान्यतया सफा रहनेछ।
#मौसम पूर्वानुमान