विदेश

१ सय ८० यात्रु सवार युक्रेनी बोईङ विमान इरानमा दुर्घटनाग्रस्त

१ सय ८० यात्रु सवार युक्रेनी बोईङ विमान इरानमा दुर्घटनाग्रस्त

एजेन्सी। इरानको राजधानी तेहरानबाट किएभका लागि उडेको युक्रेनको बोइङ ७३७ विमान दुर्घटनामा परेको छ। प्राविधिक समस्याका कारण बिमान दुर्घटनामा परेको  बताईएको छ।  

फ्लाइट रडारमा युक्रेनको अन्तर्राष्ट्रिय उडानको फ्लाइट पीएस ७५२ इमाम खोमेनी विमानस्थालबाट स्थानीय समयअनुसार ६ बजे बिहान उडान भरेको केही समयमा नै बेपत्ता भएको देखिएको छ ।

बिमानमा चालकदलका सदस्यसहित विमानमा १८० यात्रु सवार रहेका थिए।  घटनाको क्षतिबारे विस्तृत विवरण भने आउन बाँकी नै रहेको छ। 

 

विमान दुर्घटना

विशेष