News

काठमाडौँबाट पक्राउ परेका १ सय २२ चिनियाँलाई आज स्वदेश फर्काईदै

काठमाडौँबाट पक्राउ परेका १ सय २२ चिनियाँलाई आज स्वदेश फर्काईदै

काठमाडौँ। सरकारले काठमाण्डाैका विभिन्न स्थानबाट पक्राउ परेका एक सय २२ जना चिनियाँ नागरिकलाई बुधबार चीन पठाउने तयारी गरिरहेकाे छ ।

४२ जनालाई पहिलो समूहमा चाइनाइस्टन एयरको विमानबाट दिउँसो ४ बजेर ५५ मिनेटमा र बाँकी अरुलाई ६ बजेर ५५ मिनेटमा साउदन एयरवेजबाट चीन पठाउने तयारी भएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पाैडेलले उज्यालोलाई जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले दुर्व्यवहार मुद्दामा एक हजार रुपैयाँ जरिबाना लिएर छाड्ने आदेश दिएसँगै कारबाहीको जिम्मेवारी अध्यागमन विभागमा पुगेको थियो ।

विभागले उनीहरुको भिसा अनुसन्धान गर्दा दुरुपयोग नभएको देखिएको र प्रहरीको अनुसन्धानले पनि ठूलो अपराध नगरेको देखाएकोले चीन पठाउन लागिएको विभागका महानिर्देशक पौडेलले बताए। विभागले उनीहरुको भिसा पनि रद्ध गरिदिएको छ। उनीहरु गत पुस ७ गते देशका विभिन्न स्थानबाट पक्राउ परेका थिए। 

 

चिनियाँ नागरिक

विशेष