News

६० हजार बेरोजगारलाई सरकारले सय दिनको रोजगारी दिने

६० हजार बेरोजगारलाई सरकारले सय दिनको रोजगारी दिने

काठमाडौँ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सरकारले यस वर्ष ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिने भएको छ। 

श्रम रोजगार मन्त्रालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले चालू आर्थिक वर्षमा प्रधानमंत्री रोजगार कार्यक्रम अन्तर्गत ६० हजार बेरोजगारलाई सय दिनको रोजगारी दिईने र त्यसका लागि माघ १५ गतेभित्र स्थानीय तहहरुमा बजेट पठाईसक्ने गरी काम भईरहेको बताए ।

गत आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देशभर गरी एक लाख ८७ हजारले औसत १३ दिनको रोजगारी पाएका थिए ।  कार्यकम्रमा पत्रकारहरुको प्रश्नको जवाफ दिंदै श्रम मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीको क्रममा अंगभंग भएका वा मृत्यु भएका हकवालाले स्थानीय तहबाटै सुविधा पाउने गरी व्यवस्था गरिन लागेको पनि जानकारी गराए।

 

प्रधानमन्त्री रोजगार कार्यक्रम

विशेष