शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण प्रदान
भक्तपुर। भक्तपुर नगरपालिकाले बिद्यार्थीको शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी ऋण प्रदान गर्न सम्झौता सुरु गरेको छ। गरीब र इमानदार ९१ विद्यार्थीलाई चालू आर्थिक बर्षमा ऋण उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख सुनिल प्रजापतिले मंगलबार कार्यक्रमको शुभारम्भ गर्दै ऋणको सही सदुपयोग गर्न विद्यार्थी एवं अभिभावकलाई आग्रह गरेका छन। स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरी नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण वितरण गर्ने नीति पारित गरी गतवर्षदेखि नै कार्यान्वयनमा ल्याएको थियो ।
कार्यक्रममा –९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले वर्षदेखि नगरपालिकाभित्र स्थायी बसोबास गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ६ % ब्याजदरमा रु ५ लाखसम्मको रकम वितरण गर्दै आएको जानकारी दिए ।
शैक्षिक योग्यता प्रमाणपत्र