News

सशस्त्र असई र हवल्दारद्वारा विद्युत प्राधिकरणका कर्मचारी कुटिए

सशस्त्र असई र हवल्दारद्वारा विद्युत प्राधिकरणका कर्मचारी कुटिए

काठमाडौँ। नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रबाट खटिएका ‘नोलाइट’ टोलीलाई प्रहरीले कुटपिट गरेको छ ।मङ्गलबार राति १० बजे बिजुलीको लाइन मर्मत गरि फर्किएका दुई जना कर्मचारीमाथि सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) प्रविण राई र हवलदार छविन्द्र राईले कुटपिट गरेकाे जाेरपाटी वितरण केन्द्रका प्रमुख रामप्रसाद पौडेलको भनाइ छ ।

कुटपिटबाट घाइते भएका विद्युत प्राधिकरणका कर्मचारी सूर्यबहादुर खत्री र सुवास खड्काको अर्थोपेडिक हस्पिटलमा उपचार भैरहेको छ । कुटपिट गर्ने दुई जनालाई बौद्ध चौकीमा राखिएको छ ।

महानगरीय प्रहरी बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशबहादुर सिंहले भने प्राधिकरणका कर्मचारीले तीव्र गतीमा गाडी चलाएको र मादक पदार्थ सेवन गरेको बिषयमा विवाद भएको बताए। 

 

कुटपिट

विशेष