सुमार्गीको हेलो नेपालसहित तीन कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय बदर
काठमाडाैँ – नेपाल दूरसञ्चार प्राधिकरणको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गर्ने निर्णय सरकारले बदर गरेको छ। व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालसहितस्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय सरकारले खारेज गरेको हो।
यी कम्पनीहरुले समयमै शुल्क नबुझएपछि प्राधिकरणले खरेज गर्ने निर्णय गरेको थियो। तर सरकाले खारेजीको निर्णय बदर गर्दै कम्पनीहरुलाई किस्ताबन्दीमा शुल्क बुझाउनेगरी व्यवस्था मिलाउन प्राधिकरणलाई लेखी पठाउने निर्णय गरिएको सरकारका प्रवक्ता सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।
सरकारको निर्णयअनुसार यी तीन कम्पनीले पाँच किस्तामा बाँकी रकम बुझाउनुपर्ने छ। पहिलो किस्ता आउने असार मसान्तभित्र र बाँकी चार किस्ता चार वर्षभित्र बुझाउनुपर्ने छ। सुमार्गीको हेलो नेपाल नामक मोबाइल सेवाले सञ्चालनका लागि पाएको लाइसेन्स प्राधिकरण बोर्ड बैठकले यसअघि खारेज गर्ने निर्णय गरेको थियो।
हेलो नेपालले बुझाउनुपर्ने रोयल्टी तथा नवीकरण शुल्क बापतको ८० करोड रुपैयाँ तोकिएको समयमा नदिएका कारण प्राधिकरणले लाइसेन्स खारेज गरेको थियो।धिकरणले लाइसेन्स खारेज गरेपछि उसले नेपाल सरकारसमक्ष पुनरावेदन दिएको थियो।