News राजनीति

मन्‍त्रिपरिषद्‍ बैठकका निर्णय : नियुक्तिदेखि विधेयकलाई स्वीकृत दिनेसम्म

मन्‍त्रिपरिषद्‍ बैठकका निर्णय : नियुक्तिदेखि विधेयकलाई स्वीकृत दिनेसम्म

काठमाडौं - सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सत्यनिरुपण तथा मेलमिलाप आयोग, बेपत्ता तथा छानविन आयोगको पदाधिकारी नियुक्ति राजनीतिक सहमतिमै हुने बताएका छन्।

पुस २१ गतेका मन्त्रिपरिषद बैठकका निर्णय बिहीबार सार्वजनिक गर्दै राजनीतिक सहमति खोज्नुपर्ने भएकाले नियुक्तिमा ढिलाई भएको बाँस्कोटाले बताए ।

त्यस्तै सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ। त्यसैगरी सरकारले द्विपक्षीय विवाद समाधान गर्न अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा आठ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ। 

सँगै मन्त्रिपरिषद् बैठकले पुस २८ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र भारतको पेट्रोलियम पदार्थ र ग्यासको विषयमा हुने संयुक्त बैठकमा उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ। 

सँगै पानी जहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक र शिक्षा सम्बन्धी विधेयकलाई सैद्धान्तिक सहमतिका लागि स्वीकृत गरेको छ। त्यसैगरी नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधर (काठमाडौं) र दुर्गालक्ष्मी श्रेष्ठ (गोरखा)लाई मनोनयन गर्ने निर्णय गरेको छ। 

विशेष