News

तराई-मधेशमा मिटरब्याजीको बिगबिगी, उजुरी गरे ज्यान मार्ने धम्की

तराई-मधेशमा मिटरब्याजीको बिगबिगी, उजुरी गरे ज्यान मार्ने धम्की

काठमाडौ । तराई–मधेसका जिल्लामा चर्को ब्याजमा गरिब सर्वसाधारणलाई ऋण दिएर उनीहरूबाट महाजनहरूले करोडौं असुल्ने गरेको पाइएको छ । 

केही समयअघि श्याम परदेशीले सर्वसाधारणबाट अर्बौं ठगी गरेको घटना सार्वजनिक भएको थियो । सो घटना सेलाउन नपाउँदै सर्लाहीमा भएको मिटर ब्याजको अर्को धन्दाले तराई–मधेसमा यसको बिगबिगी रहेको खुलासा भएको हो ।

तराईका विभिन्न जिल्लामा हजारौंको संख्यामा मिटर ब्याजी रहेको जिल्ला प्रशासन कार्यालयका अधिकारीले बताएका छन् । ‘यो त सामान्य टे«लर मात्रै हो, यसरी ब्याजमा ठगी गर्नेहरू हजारौं छन्,’ जिल्ला प्रशासन कार्यालय सर्लाहीका एक अधिकृतले भने ।

सर्वसाधारणलाई ऋणबापतको रकम दिएपछि महाजनहरूले उनीहरूबाट करोडौं मूल्यबराबरको जग्गासमेत आफ्नो नाममा कब्जा गर्ने गरेको पाइएको छ । यसरी ऋण दिँदा नै उनीहरूले तीन गुणा बढी रकमको ऋणी कागज गराउनदेखि ऋणीको जग्गा धितो राख्न लगाउने मात्र होइन, जग्गा नै आफ्नो नाममा पास गर्नेसम्मको ठगी गरेको पाइएको हो ।

यसरी ठगी गरेर पीडितबाट ऋणबापतको रकम असुली गरिसकेपछि पनि ऋण दिने व्यक्तिले ऋणीको जग्गा फिर्ता गर्ने गरेका छैनन् । बरु उल्टै कतै उजुरी गरे जग्गा फिर्ता नगर्नेदेखि ज्यान मार्नेसम्मको धम्की दिने गरेका छन् । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन। 

मिटरब्याजी

विशेष