News

बिहीवार: भगवान बिष्णुलाई खुसी पार्न गर्नुहोस् यी काम, मिल्नेछ लाभ

बिहीवार: भगवान बिष्णुलाई खुसी पार्न गर्नुहोस् यी काम, मिल्नेछ लाभ

काठमाडौं। हिन्दू धर्ममा उल्लेख भए अनुसार हरेक बार हरेक भगवानसँग सम्बन्धित रहेको हुन्छ। उसो त धार्मिक शास्त्रमा बिहीवारलाई धन प्राप्ती र समृद्धिको खास दिन मान्ने गरिन्छ । बिहीवारलाई गुरु वृहस्पतिको मात्र नभई भगवान बिष्णुको दिन पनि मानिन्छ । बिहीबार लक्ष्मी नारायणको एक साथ पूजा आराधना गर्नाले जीवनमा सुख शान्ती प्राप्त हुनका साथै दाम्पत्य जीवनमा पनि खुसियाली छाउने बिश्वास गरिन्छ।  

धार्मिक ग्रन्थमा भगवान बिष्णुको पुजा आराधना गर्ने केहि उपायहरु पनि उल्लेख गरिएका छन। जसलाई अबलम्बन गर्नाले कुण्डलीमा बृहस्पति ग्रह मजबुत भई जीवनका सारा दुख कष्ट नाश हुने बताईएको छ।  

बिहीबार अवश्य गर्नुहोस् यी काम :

–बिहान सबेरै उठेर शुद्ध मनले स्नान गर्ने 

–स्नानको समयमा 'ॐ बृ बृहस्पते नमः' को मन्त्र जप गर्ने 

–स्नान पश्चात पहेंलो रंगको कपडा लगाउने 

–स्नान पछि भगवान बिष्णुको प्रतिमा स्थापना गरि घ्युमा बत्ती बाल्ने 

–भगवान बिष्णुलाई पहेंलो रंगको फुल चढाउने तथा तुलसीको पत्ता अर्पण गर्ने 

–मान्यता अनुसार भगवान बिष्णुलाई मन पर्ने रंग पहेंलो भएकाले यस दिन ब्राह्मणलाई पहेँला बस्तुहरु जस्तै चनाको दाल, फलफूल आदि दान गर्ने 

धार्मिक महत्वका हिसाबले पनि बिहीवारलाई महत्वपुर्ण मान्ने गरिन्छ । धन प्राप्तिका लागि भगवान बिष्णुको पुजा आराधना गर्नाले बिशेष लाभ हुन्छ।  त्यसैले यस दिन पहेंलो रंगले बिशेष महत्व राख्ने गर्दछ।   

बिहीबार बिष्णु पूजा

विशेष