News

जनक शिक्षामा कर्मचारी भन्दा ठेकदार प्रिय

जनक शिक्षामा कर्मचारी भन्दा ठेकदार प्रिय

काठमाडौँ। भएका कर्मचारीलाई काम दिनुको साटो जनक शिक्षा सामग्री संस्था लिमिटेडले ठेकेदार खोजेर छपाइको काम सुम्पिने गरेको छ।

तीन वर्षअघि प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका महेशप्रसाद तिमल्सिनाले छपाइका कर्मचारीले ‘काम गर्न नसकेको र कार्यालय घाटामा गएको’ जनाउँदै ठेक्कामा काम दिन थाल्नुभएको हो।अघिल्ला प्रबन्ध सञ्चालकले सरकारले मेसिन किन्न बजेट उपलब्ध नगराएका कारण मेसिन नै ठेक्कामा लिएर केन्द्रमै छपाइको काम गर्नुभएको थियो।

हाल आवश्यक पर्ने सम्पूर्ण मेसिन उपलब्ध हुँदाहुँदै कर्मचारीलाई काम नदिई केठेदारलाई दिने गरिएको छ।केन्द्रले बोर्डको निर्णय भन्दै हचुवाको भरमा टेन्डरमार्फत ठेक्का दिएपछि कर्मचारी चरम मारमा परेका छन्। यो समाचार आजको नेपाल समाचारपत्रमा इश्वरराज ढकालले लेखेका छन। 

जनक शिक्षा सामग्री संस्था लिमिटेड

विशेष