News

दिमागलाई नोक्सान गर्ने ५ बानी

दिमागलाई नोक्सान गर्ने ५ बानी

काठमाडौंः उमेर वृद्धिसँगै स्मरण शक्तिमा ह्रास आउनुलाई सामान्य रुपमा लिन सकिन्छ तर युवा अवस्थामा नै यदि कुनै व्यक्तिको स्मरण शक्तिमा कमि आउँदै गएको छ भने त्यसको पछाडि कुनै गम्भीर कारण हुनसक्ने डाक्टरहरु बताउँछन् । 

मुख्यतयाः तपाईंको दैनिक जीवनयापनको कारण दिमाग कमजोर भइरहेको हुन्छ । सामान्य लाग्ने कतिपय बानीव्यवहारले मानिसको मस्तिष्कमा नराम्रो असर पारिरहेको हुन्छ । जसको कारण छिट्टै विर्सने, पढेको कुरा याद नआउनुका साथै दैनिकमा कामकाजमा समेत झमेला ब्यहोर्नु परिरहेको हुन्छ ।

यस्तो समस्या दिनप्रतिदिन बढ्दै जाने र अन्तमा दिमागमा खतरनाक समस्या पैदा हुने विभिन्न अनुसन्धानमा देखाइएको छ । मानिसका केही यस्ता बानी छन् जसले उनीहरुको दिमागमा प्रत्यक्ष असर पारिरहेका छन् । 

१. बौद्धिक छलफलहरुमा रुचि नराख्नु ।

२. चिनी भएका खानेकुराहरु धेरै मात्रामा खानु ।

३. प्रदूषित वातावरणमा धेरै समय बिताउनु ।

४. धेरै धूमपान, मद्यपान गर्नु ।

५. मस्तिष्कलाई चुनौति दिने खालका कामहरुबाट पन्छिनु ।

दिमाग बानी नोक्सान

विशेष