विदेश

इराकमा २४ घन्टाभित्र दोस्रो रकेट हमला: ५ सिपाहीको मृत्यु

इराकमा २४ घन्टाभित्र दोस्रो रकेट हमला: ५ सिपाहीको मृत्यु

बग्दाद। इराकको बगदादमा २४ घण्टाभित्र दोस्रो रकेट हमला भएको छ । रिपोर्टका अनुसार यसपटक दुई मिसाइल उच्च सुरक्षा भएको ग्रीन जोनमा खसेको छ । यो स्थानमा थुप्रै विदेशी दूतावास छन् ।

दुई ठूला धमाकापछि पूरा ग्रिन जोनमा सुरक्षा अलार्म बज्न थाल्यो । कुनै पनि संगठनले अहिलेसम्म हमलाको जिम्मेवारी लिएको छैन । यद्यपि, अमेरिकी अधिकारीले भने यसको पछाडि इराकमा रहेको इरान समर्थित शिया विद्रोही संगठन ‘हाशेद’ माथि शंका जताएको छ ।

इरान समर्थित संगठन पिएमएफका प्रवक्ताका अनुसार हमलामा उनका पाँच सिपाहीको मृत्यु भएको छ । संगठनले सुरुमा हमलाका लागि इजराइलमाथि शंका जताएको थियो । पिएमएफ शिया लडाकूको एउटा गुट हो । यो आधिकारिक रुपमा इराकी सुरक्षाबलमा समावेश छ ।

रकेट हमलामा मारिएका मुहंदिस यो संगठनका उप–प्रमुख थिए । इराकमा अमेरिकी सेनाविरुद्ध गएकोमा ट्रम्प प्रशासनले उनीहरुलाई ब्ल्याकलिस्ट गरेको थियो । अमेरिकाले आजकाल इराकमा इरान समर्थित कतैब हिज्बुल्ला विद्रोहीलाई निशाना बनाइरहेको छ ।

रकेट हमला

विशेष