News

प्रस्तावित सूचना प्रविधि विधयेकविरुद्ध माइतीघरमा प्रदर्शन

प्रस्तावित सूचना प्रविधि विधयेकविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली का‌ंग्रेसकाे भातृ संगठन नेपाल विद्यार्थी संघले सूचना प्रविधि विधेयकको विरोधमा काठमाडौँमा विराेध गरेकाे छ। नेवि संघले माइतीघर मण्डलामा प्रदर्शन गरेका हाे ।

प्रस्तावित सूचना प्रविधि विधेयक संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथककीकरणको सिद्धान्त र समग्रमा लोकतन्त्रको मर्म प्रतिकूल रहेको भन्दै विद्यार्थीहरुले विराेध गरेका हुन् ।

विधेयकले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गरेर दण्डित गर्ने व्यवस्था गरेको भन्दै विरोध भएको जनाइएको छ। विधेयकमार्फत सरकारले समाजिक सञ्जालसहितमा पनि अंकुश लगाउन खोजेको भन्दै विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ ।

विशेष