News

विराटनगरमा कोरोना संक्रमित दुई महिलाको मृत्यु 

विराटनगरमा कोरोना संक्रमित दुई महिलाको मृत्यु 

विराटनगरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराट मेडिकल अस्पताल र न्यूरो अस्पतालमा उपचार गराईरहेका दुई जना महिलको मृत्यु भएको हो ।


विराट मेडिकल अस्पतालमा उपचाररत इटहरी उपमहानगरपालिका ५ की ६४ वर्षीया महिलाको मृत्यु भएको छ । उनी असोज १५ गते विराट मेडिकल अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । 

यसैगरी, न्यूरो अस्पतालमा उपचाररत पथरी शनिश्चरे नगरपालिका ६ की ९२ वर्षीया वृद्धाको पनि शनिवारै मृत्यु भएको हो । उनलाई असोज १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

दुवै जनालाई श्वासप्रश्वासमा समेत समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए ।

विशेष