पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
समाजिक सञ्चाल मार्फत भट्टराईले शनिवार साँझ आफु संक्रमित भएको जानकारी दिएका हुन् ।
‘गत सोमबार कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटीभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केहि कार्यक्रममा सहभागी पनि भएँ’ उनले लेखेका छन्–‘हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुनः कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भरखरै जानकारी पाएको छु।’
हाल हल्का ज्वोरो बाहेक अरु समस्या नदेखिएको उनले जनाएका छन् । ‘केहि दिन यता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परिक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु । मेरा कारणले कसैलाई पर्न जाने असुबिधा प्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?– उनले लेखेका छन्।