News

चिकित्सक संघले आईतवार आकस्मिक र कोभिड वाहेकका सेवा वहिस्कार गर्ने

चिकित्सक संघले आईतवार आकस्मिक र कोभिड वाहेकका सेवा वहिस्कार गर्ने

सरकारले २७ दिनदेखि अनसन वसेका डा. गोविन्द केसीको मागमा वेवास्ता गरेको निष्कर्ष निकाल्दै आन्दोलन घोषणा गरेको छ । सरकारले औपचारिकताका लागि मात्र वार्ता गरेको भन्दै आन्दोलनको घोषणा गरिएको हो ।

यसअघि सेवा बहिष्कारको घोषणा गरको संघले आइतबार देशैभरी आकस्मिक र कोभिडबाहेकका सबै सेवा बहिष्कार गर्ने घोषणा गरेको छ । आइतबारसम्म पनि सत्याग्रह अन्त्य नभएको अवस्थमा यसभन्दा कडा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

संघले शुक्रबार सेवा बहिष्कार गर्ने घोषणा गरेको थियो । तर, सरकारले वार्ता टोली गठन गरेर वार्ता सुरु भएपछि आन्दोलनको कार्यक्रम स्थगित गरिएको थियो ।

शुक्रबार सहमतिमा पुगिसकेपछि सरकारी वार्ता टोली पछाडि हटेपछि पुनः वार्ता सुरु हुन सकेको छैन । शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीका साथ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न शनिबार दिउसो बालुवाटार पुगेका थिए । तर, उनको टोली त्यहाँबाट निस्किएपछि पनि वार्ता भएन । बरु सरकारी वार्ता टोलीले केसीलाई अनशन तोड्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ ।
 

विशेष