चितवनमा तीन जना कोरोना संक्रमितको मृत्यु
चितवनमा शनिवार कोरोना संक्रमण भएका तीन जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज, भरतपुरमा दुई जना र भरतपुर अस्पतालमा एकजनाको मृत्यु भएको हो ।
मकवानपुर बागमती गाउँपालिका वडा –६ फापरवारीकी ८५ बर्षिया महिला र सर्लाही हरीवन नगरपालिका वडा–१० का ३८ बर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
असोज १५ गते ज्वरो, निमोनिया भएर अस्पताल भर्ना भएकी महिलामा असोज २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनको शनिबार ५ बजे मृत्यु भएको कलेजले जनाएको छ ।
यस्तै सवारी दुर्घटनामा परी असोज ८ गते अस्पताल भर्ना भएका सर्लाहीका युवकमा २१ असोजमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
शनिबार साँझ नै भरतपुर अस्पतालमा चितवनको भरतपुर महानगरपालिका–१ का ४७ बर्षिय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका अस्पताल भर्ना भएका सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको अस्पतालको कोभिड आइसियूमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।