नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा भर्ना
कोरोना संक्रमण भएर अस्पताल भर्ना भएकी नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।
स्वास्थ्य अवस्था थप जटिल भएपछि चौथो दिन शुक्रवार राती उनलाई आईसियुमा सारिएको हो ।
उनको उपचार बीर अस्पतालमा हुँदै आएको छ । उनले आफुलाई सास फेर्न समस्या भएको वताएकी थिईन।
चौधरीलाई असोज १९ गते लक्षण सहितको कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी स्तन क्यान्सरबाट समेत पीडित भएकी थिइन् । भारतको नयाँदिल्लीमा उनले क्यान्सरको उपचार गराएकी थिइन् । क्यान्सर रोगको उपचारका लागि सरकारले दिएको पाँच लाख रकम बचेपछि उनले सरकारलाई नै फिर्ता गरेकी थिइन् ।