डा. केसीसँग वनी सकेको सहमतिमा शिक्षा मन्त्रीकै भाँजो
शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको असहमतिका कारण डा. गोविन्द केसी र सरकारी वार्ता टोली विच भएको वाताको सहमति भाँडियो ।
दुवै टोली विच शुक्रवार साँझ भएको वार्तामा लगभग सवै वुदामा सहमति जुटेको थियो । डा. केसी ६ बुँदे माग राखेर २६ दिनदेखि अनसनमा छन् । सहमतिको मस्यौदा सरकारी वार्ता टोलीका संयोजक एवं शिक्षा सचिव गोपी मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुर्याएका थिए ।
सरकारी पक्षबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) पदाधिकारी लगायतको नियुक्तिको मापदण्ड ऐनमा समावेश नहुँदासम्म हुने नियुक्तिबारे सहमतिको मस्यौदाको भाषामा थोरै हेरफेर गरेपछि अरु सबै विषयमा वार्ता टोलीबीच भएको सहमति नै सदर भएको थियो ।
त्यही परिमार्जित विषयमा दुई वार्ता टोली बसेर टुंगो लगाउने र डा. केसीको अनसन शुक्रबार नै तोडाउने तयारी थियो । तर, तर सरकारी टोली वार्तामा आएन ।
सरकारी वार्ता टोलीले सहमति मन्त्री पोखरेललाई देखायो। मन्त्री पोखरेलले दुई वार्ता टोलीले बनाएको मस्यौदामा थप संशोधन गरे । चिकित्सा शिक्षा ऐन संशोधनसम्बन्धी सहमतिमा डा. केसीसँग सहमति भएको मिति हटाउने देखि सहमतिलाई मन्त्रिपरिषद बैठकमा लैजाने सवै वुँदा उनले हटाउन लगाए । जसले हुनै लागेको सहमति विथोलीयो।
वरिष्ठताका आधारमा पदाधिकारी नियुक्त गर्ने बुँदामा समेत सहमति भइसकेको अवस्थामा एकाएक सहमति भाँडिएको श्रोतले जनाएको छ ।
सहमतिको मस्यौदामा संशोधन गरेका शिक्षामन्त्री त्यसपछि सरकारी वार्ता टोलीको सम्पर्कमा नआएको बताइएको छ । सहमतिबाट सरकार पछि हटेको डा. केसीको तर्फबाट बनेको वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्रीले जानकारी दिए ।
यद्यपि प्रधानमन्त्री स्तरबाट हस्तक्षेप गरेर वार्ता गर्ने हो भने अझै सहमतिको सम्भावना रहेको स्रोतको दाबी छ ।