डा. केसीसँगको सहमतिमा भाँजो हालेर मन्त्री पोखरेल किन छिरे वालुवाटार ?
डा. गोविन्द केसीसँग भएको सहमतिवाट पनि सरकार पछि हटेको भन्दै देशभर आन्दोलन सुरु भएपछि शिक्ष मन्त्री गिरिराजमणी पोख्रेल पधानमन्त्री भेटन वालुटार पुगेका छन् ।
डा. केसीका मागबारे छलफल गर्न सरकारी वार्ता टोली सहित मन्त्री पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न पुगेका हुन् ।
डा. केसी पक्षको टोली र सरकारी टोली विच शुक्रबार मध्यराति भएको वार्ता बिनानिष्कर्ष टुंगिएको थियो । सरकारी वार्ता टोली र डा. केसी पक्षबीच शुक्रबार राति ९ बजेदेखि करिब डेढ घण्टा वार्ता भएको थियो ।
सहमतिमा शिक्षा मन्त्री पोखरेलले नै भाँजो हालेको केसी पक्षको आरोप छ ।
२७ देखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएका बेला वार्तामा छलछाम गरी सरकारले सत्याग्रहीप्रति अमानवीय व्यवहार देखाएको केसी पक्षका वार्ता टोलीका संयोजक डा. जीवन क्षत्रीले बताए।
सहमतिवाट सरकार पछि हटेको भन्दै शनिवार काठमाडौंको माइतीघरसहित मुलुकमा विभिन्न ठाउँमा प्रदर्शन भईरहेको छ ।