शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई कोरोना
शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई आईतवार कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार राति ज्वरो आएर पाटन अस्पताल भर्ना भएका मन्त्री पोखरेलको पीसीआर परीक्षण गर्दा आइतबार रिपोर्ट पोजिटिभ देखिएको उनको स्वकीय सचिवालयले जनाएको छ ।
पाटन अस्पतालमै उपचाररत मन्त्री पोखरेलको स्वास्थ्य अवस्थामा केही सुधार भएको र उनी ज्वरो मुक्त भएको जनाईएको छ ।
सचिवालयले उनीसँग सम्पर्कमा आएका सबैलाई सतर्क र सुरक्षित हुन आग्रह गरेको छ । यसअघि शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।