News राजनीति

वावुराम भर्सेस विश्वप्रकाशः जुट्ला त ९ अर्व भ्रष्टाचारको प्रमाण ?

वावुराम भर्सेस विश्वप्रकाशः जुट्ला त ९ अर्व भ्रष्टाचारको प्रमाण ?

प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल (प्रचण्ड) र कांग्रेस सभापती शेरवहादुर देउवाले ९ अर्व भ्रष्टाचार गरेको प्रमाण ल्याउन कांग्रेसले वावुराम भट्टराईलाई चुनौती दिएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका सजपाका नेता भट्टराईले हालै गोरखामा आयोजित एक कार्यक्रममा बुढीगण्डकीमा प्रधानमन्त्री ओली, दाहाल र देउवाले ९ अर्ब बाँडेर खाएको प्रमाण आफुसँग रहेको वताएका थिए । भट्टराईको आरोपलाई कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले काउण्टर दिएका छन् ।

कांग्रेसले भट्टराईको अभिव्यक्तिप्रति विज्ञप्ति निकालेर आपत्ति जनाएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार विज्ञप्ति जारी गर्दै प्रमाण सार्वजनिक गर्न चुनौती दिए। आवेगको भरमा गर्ने टिप्पणीले क्षणिक लाभ दिए पनि सम्बन्धित व्यक्तिको ओज र राजनीतिको गरिमा नबढ्ने कांग्रेसले जनाएको छ। विज्ञप्तिमा भनिएको छ–‘यति हेक्का डा. भट्टराईले राख्नुभएकै छ भन्ने अपेक्षा लिएका छौं ।’

देउवा नेतृत्वको सरकारले बुढिगण्डकी जलविद्युत परियोजना नेपाल आफैंले निर्माण गर्ने संकल्पका साथ राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा बिशेष समिति गठन गरेको र त्यसले स्वदेशी लगानीबाटै निर्माण गरेर स्वदेशी पुँजीको एकीकृत उपयोग गर्ने क्षमता र अवसरको विकास गर्ने नमुना बुढिगण्डकी बन्ने निष्कर्ष निकालेको स्मरण गर्दै कांग्रेसले सरकारलाई समेत पाँच प्रश्न गरेको छ ।

वाग्ले समितिले प्रतिवेदन कहाँ थन्क्याइएको छ ? विदेशी कम्पनीलाई बिना प्रतिस्पर्धा सुम्पने तयारीमा के नियत लुकेको छ ? डिजेल र पेट्रोल खरिदमा उपभोक्ताबाट प्रतिलिटर ५ रुपैयाँका दरले बुढिगण्डकीका लागि उठाइंदै आएको अर्बौंको रकमको स्थिति के छ ? मुआब्जा वितरणमा किन नियतवश अनियमितता गरेको ? र बुढिगण्डकीको भविष्य के हुन्छ ? भन्ने कांग्रेसको प्रश्न छ । 
 

विशेष