उपत्यकामा कोरोनाको रफ्तारले अत्तालिदै सरकार !
काठमाण्डौं उपत्यकामा कोरोना संक्रमणको रफ्तार देखेर सरकार आत्तिएको महसुस हुन थालेको छ। संक्रमण नियन्त्रया गर्ने कार्यालयका जिम्मेवार अधिकारी र सरकारकै मन्त्रीका कतिपय अभिब्यक्तिले कोरोना संक्रमण सरकारको नियन्त्रण भन्दा वाहिर गएको पुष्टि हुन थालेको छ ।
सरकार आत्तिएको छनक दिनेगरी पछिल्लो पटक सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अभिब्यक्ति आएको छ। उनले आज काठमाडौंमा कोरोना भाइरस नियन्त्रण र व्यवस्थापनमा गम्भीर चुनौती देखा परेको बताए।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना फैलिरहेको अवस्था हेर्दा उपलब्ध स्रोत साधनले धान्न नसक्ने भन्दै पुनः लकडाउन गर्न सरकारलाई आग्रह गरेको थियो । तर, मन्त्री ज्ञावलीले नै लकडाउन गर्ने अवस्था नभएको वताईरहेका थिए ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएकोले व्यवस्थापनमा समस्या पर्न थालेको जानकारी दिए ।
नेपालकै कतिपय जिल्ला कोरोनाको हटस्पट बन्न लागे पनि नियन्त्रण गरिएको भए पनि काठमाडौं उपत्यकामा कोरोना व्यवस्थापनमा सरकार, जनप्रतिनिधि चुकिरहेको उनले स्वीकार गरे । ‘काठमाडौं देशलाई नमुना दिने दृष्टान्त प्रस्तुत गर्ने राजधानी सहर हो । हरेक राजनीतिक सामाजिक परिवर्तनहरुमा त्यही भूमिका खेलेको छ । तर कता–कता महामारीविरुद्धको लडाइँमा चाहिँ काठमाडौं अलि पछाडि परेको हो कि भन्ने देखिन्छ’– उनले भने।
उपत्यकाका जनप्रतिनिधि र स्थानीय सरकारहरुले कोरोना नियन्त्रणका सवालमा देशभित्रका ‘बेस्ट प्राक्टिस’हरुबाट पाठ सिक्न नसकेको वताए । ४० लाखभन्दा बढी जनसंख्या भएको काठमाडौंमा कोरोना अनियन्त्रित भयो भने भयावह स्थिति हुने भन्दै उनले अस्पतालहरुमा बेड, आईसीयू अभाव हुन थालेको उल्लेख गरे ।
दैनिक देखिने संक्रमितमध्ये ६० प्रतिशत राजधानीका रहेको र त्यसविरुद्धको उपचारका लागि सरकारले सामथ्र्य बढाइरहे पनि पर्याप्त नभएको उनको भनाइ दियो । सरकारले भेन्टिलेटर, आईसीयूको थप प्रबन्ध गरिरहे पनि संक्रमण रोक्नका लागि नागरिकहरुको सचेतता एकदमै जरुरी उनले बताए ।