भरतपुर अस्पतालमा कोरोना संक्रमित वेवारीसे महिलाको मृत्यु
चितवनको भरतपुर अस्पतालमा आइतबार साँझ थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
तत्काल ठेगाना नखुलेकी ४० वर्षीया बेवारिसे महिलाको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि असोज १५ गते उनलाई अस्पताल ल्याइएको थियो ।
असोज १९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो ।
चितवनमा आइतबार मात्रै भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा एक जना गरी तीन जना संक्रमितको मृत्यु भएको छ । शनिवार पनि चितवनमा उपचारको क्रममा तीन जनाको मृत्यु भएको थियो ।