News

भारतीय वजार जानेलाई च्याप्प पक्रदै क्वारेन्टाईनमा पठाउँदै

भारतीय वजार जानेलाई च्याप्प पक्रदै क्वारेन्टाईनमा पठाउँदै

कोराना संक्रमण तिव्र रुपमा वढेपछि प्रदेश १ मा भारतीय क्षेत्रको आउजाउमा कडाई गर्न थालिएको छ। भारतीय बजार पुगेर फर्किएका नेपाली नागरिकलाई प्रहरी लगाएर नियन्त्रण गर्ने र क्वारेन्टाईनमा राख्ने गर्न थालिएको छ ।

विशेष गरी चोर बाटो भएर नेपालको सीमावर्ती बजार जोगबनी पुग्ने नेपालीहरूलाई प्रहरीले सिमामै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न थालेको छ । दैनिक कोरोना संक्रमित बढे पनि अटेर गर्दै लुकिछिपी जानेहरूलाई नियन्त्रणमा लिन थालिएको नेपाल प्रहरीले जनाएको छ ।

शनिवार र आईतवार दुई दिनकै अवधिमा ८५ जनालाई नियन्त्रणमा लिएर क्वारेन्टाईनमा पठाईएको मोरङका एसपी सन्तोष खड्काले वताए ।

सीमा नाका सिल हुँदा पनि उनीहरु जोगबनी पुगेर फर्किएका थिए। शनिबार ४५ जना र आइतबार ४० जनालाई नियन्त्रणमा लिएको उनले वताए ।

नियन्त्रणमा लिएकाहरूलाई विराटनगरस्थित डिएभी स्कुलको क्वारेन्टिन र पक्राउ गरिएको सम्बन्धित स्थानिय तहले बनाएको क्वारेन्टिनमा पठाउने एसपी खड्काले जानकारी दिए । 
 

विशेष