विराटनगरमा सप्तरीका एक कोरोना संक्रमितको मृत्यु
विराटनगरमा उपचाररत सप्तरीका कोरोना संक्रमित एक पुरुषको विहिवार मृत्यु भएको छ ।
विष्णुपुर गाउँपालिका–५ का ६७ वर्षिय पुरुषको विराटनगर स्थित नोवेल अस्पतालमा मृत्यु भएको हो ।
ज्वरो तथा स्वासप्रस्वासमा समस्या आएपछि वुधवार उनलाई अस्पताल भर्ना गरिएको थियो । वुधवारै गरिएको पिसिआर परिक्षणको रिपोर्ट विहिवार पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
अस्पतालको आईसोलेसनमा उपचारकै क्रममा उनको करिव २ वजे मृत्यु भएको हो ।
योसँगै सप्तरीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।