News

पुर्व युवराज्ञी हिमानी शाहको पहिलो भिडियो सन्देश

देशले ब्यहोर्ने हरेक संकटसँग लड्न सक्ने क्षमताको सृजना गर्नु हरेक नेपालीको कर्तब्य हो

पुर्व युवराज्ञी हिमानी शाहको पहिलो भिडियो सन्देश

पुर्व युवराज्ञी हिमानी शाहले देशले ब्यहोर्ने हरेक संकटसँग लड्न सक्ने क्षमताको सृजना गर्न तत्पर रहनु नै हरेक नेपालीको कर्तब्य हुने वताएकी छिन् ।

समाज सेवाको उदेश्यलाई चुस्त, दुरुस्त र प्रभावकारी वनाउन सातै प्रदेशवाट हिमानी कोषमा आवद्ध भएका स्वयम् सेवकहरुलाई भिडियो सन्देश मार्फत आभार प्रकट गर्दै उनले यस्तो आग्रह गरेकी हुन् । कोषले सातै प्रदेशमा इच्छुकहरुलाई स्वयम् सेवाका लागि आह्वान गरेको थियो ।

विपत्ति प्रभावित क्षेत्रमा छिटो भन्दा छिटो सेवा पुर्याउने महान कार्यका लागि हिमानी कोषमा आवद्ध हुन पनि उनले आग्रह गरेकी छिन् ।

‘प्रार्थना गर्ने ओठ भन्दा सेवा गर्ने हात महान हुन भन्ने तथ्यलाई आत्मसाथ गर्दै हिमानी कोषले श्रोत र साधनले भ्याएसम्म सामाजिक सेवाको कार्यमा समर्पित हुँदै आईरहेको सर्वविदितै छ’ उनले भनेकी छिन्–‘यहि समाजसेवाको उदेश्यलाई चुस्त दुरुस्त र प्रभावकारी वनाउन तथा छिटो भन्दा छिटो प्रभावित क्षेत्रमा सेवा पुगोस भन्ने मनसायका साथ यस हिमानी कोषले देशको सातै प्रदेशवाट आह्वान गरे वमोजिम स्वतस्फुर्त स्वयम सेवा गर्न इच्छुक, जागरुक, उर्जावान र जिम्मेवार ब्यक्तिहरु प्रति हृदयदेखि नै आभार प्रकट गर्दछु।’

‘एक नेपालीले अर्को नेपाली प्रति भाईचारा र वन्धुत्व कायम राखि विना द्वेस, डर, जात, धर्म केहि नभनी विपत्तिको क्षणमा सेवा र सहयोग गर्नु नै ठुलो धर्म हो’ उनले भनेकी छिन् ।

शाहले ‘हामीले नगरे कस्ले गर्ने र अहिले नगरे कहिले’ गर्ने भन्ने तथ्यलाई सदा हृदयंगम गरी अघि वढ्नु र देशले ब्यहोर्ने हरेक संकटसँग लड्न सक्ने क्षमताको सृजना गर्न तत्पर रहनु नै हरेक नेपालीको कर्तब्य हो भनेकी छिन्।

हरेक रुखले फल दिनै पर्छ भन्ने छैन, उसले सितल छायाँ पनि दिईरहेको हुन्छ भन्ने कुरालाई मनन् गरी हिमानी कोषले चालेका हरेक सामाजिक सेवाका गतिविधि एवम् कार्यहरुमा हातेमालो गर्दै प्रभावकारी ढंगले सामाजिक रुपान्तरको हितमा सहकार्य गर्न उनले आग्रह गरेकी छिन् ।

परोपकार नै पुण्य कर्म हो भन्ने तथ्यलाई आत्मसाथ गर्दै पिडामा रहेका हर कसैको मुहारमा अलिकति हाँसो ल्याउन सक्नु नै मानविय धर्म हो भन्दै शाहले कोषसँग हुने सहकार्य सद्भावपुर्ण र सुखद होस भन्ने चाहना पनि रोखेकी छिन् ।

विशेष