सप्तरीमा कोरोना संक्रमित महिलाको मृत्यु
सप्तरीमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिका ७ घर भइ राजविराज नगरपालिका ६ वस्दै आएकी ६५ वर्षिया महिलाको स्थानीय छिन्नमस्ता अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।
उनलाई असोज २० गते संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा रहेकी उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि आइतबार बिहान अस्पताल भर्ना गरिएको थियो । त्यसको केहि समयपछि नै उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
उनी मधुमेह, ब्लड प्रेशरलगायतका समस्यवाट पीडित थिईन।
योसँगै सप्तरीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ महिलासहित २० पुगेको छ ।