मुख्यमन्त्री शाहीविरूद्ध सत्तारुढ दलकै सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

मुख्यमन्त्री शाहीविरूद्ध सत्तारुढ दलकै सांसदद्वारा अविश्वासको प्रस्ताव दर्ता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध सत्तारुढ दलकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। 

नेकपाका १८ जना सांसदले प्रदेश सभा सचिवालयमा आईतवार शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। सांसदहरूले सरकारले प्रभावकारी काम गर्न नसकेका र जनस्तरमा पनि पार्टीको उपस्थिति फितलो भएको आरोप लगाएका छन् ।

शाही पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका हुन।  मुख्यमन्त्रीका दाबेदार रहेका पूर्वएमाले नेता यमलाल कँडेल र मुख्यमन्त्री शाहीबीच सुरूदेखि नै खटपट छ। 

कर्णाली प्रदेश सभामा नेकपाका ३३ जना सांसद छन्। 

संम्बधित खबर

विशेष