प्रतिनिधि सभा सदस्य रेणु यादव र प्रदेश सभा सदस्य अभिषेक यादवलाई कोरोना
प्रतिनिधि सभा सदस्य एवम् जनता समाजवादी पार्टीकी नेतृ रेणुकुमारी यादव र प्रदेश सभा सदस्य अभिषेक यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु आमा छोरा हुन् ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजले सोमवार सार्वजनिक गरेको रिपोर्ट अनुसार ५८ वर्षिया रेणुलाई कोरोना पुष्टि भएको हो ।
छोरा अभिषेकलाई आईतवार कोरोना पुष्टि भएपछि परिवारका सदस्य र काम गर्ने कर्मचारी सवैको स्वाव परिक्षण गराईएको थियो । रिपोर्ट अनुसार रेणुसहित अभिषेकककी पत्नि २६ वर्षिया रिया र २५ वर्षिय चालकलाई पनि कोरोना पुष्टि भएको छ। उनीहरु सवै जना होम आईसोलेनमा वसेका छन् ।
अभिषेकका ३ वर्षिय छोराको रिपोर्ट नेगेटिभ आएको छ ।
अभिषेक र रियालाई खानामा स्वाद नआउने र कमजोरी हुने लक्षण देखिएका छन् भने रेणुलाई कुनै पनि लक्षण देखिएको छैन ।
रेणु जनता समाजवादी पार्टीका तर्फवाट प्रतिनिधि सभा सदस्य भएकी हुन भने अभिषेक सप्तरी क्षेत्र नम्वर ४ (क) वाट निर्वाचित सांसद हुन।