News राजनीति

कोरोना र स्थानीय प्रशासनको वेवास्ता गर्दै पर्षामा पार्टी प्रवेश

कोरोना र स्थानीय प्रशासनको वेवास्ता गर्दै पर्षामा पार्टी प्रवेश

कोरोनाको महामारीका कारण सरकारले सभा, भोला र सम्मेलन गर्न रोक लगाएको छ । तर राजनितिक दलहरु भने संक्रमणको जोखिम र सरकारी निर्णय समेतको बेवास्ता गरी पार्टी प्रवेश कार्यक्रम गर्न ब्यस्त छन् ।

एक महिनाअघि कोरोनाको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा सोमवार जनता समाजवादी पार्टी (जसपा) ले दुई ठाउँमा कार्यक्रमको आयोजना गर्यो । 

करिब एक हजार व्यक्तिले पार्टी प्रवेश गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं जसपाका वरिष्ठ नेता बाबुराम भट्टराई, पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादव, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, राजेन्द्र श्रेष्ठ, पर्साका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदको उपस्थिति रहेको थियो ।

बिहान सखुवाप्रसौनी गाउँपालिकाको औराहामा र दिउँसो महुवनमा पार्टी प्रवेश कार्यक्रम गरिएको थियो । कार्यक्रममा भौतिक दूरी, मास्क र हात धुने कुनै ब्यवस्था गरिएको थिएन। 

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने कार्यक्रम नगर्न भन्दा भन्दै नमानेको वताए । आफुले कार्यक्रम आयोजना गर्न नदिन प्रहरीलाई निर्देशन दिएपनि त्यसपछि के भयो भन्ने विषयमा आफुलाई जानकारी नभएको वताए ।
 

विशेष