उपत्यकाका सवै सरकारी अस्पताललाई कोभिड अस्पताल वनाउने निर्णय
काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा संचालन गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजनलाई सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौंका होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइसोलेसन सेन्टर सञ्चालन गरेका होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।