कोरोना संक्रमण भएका सुनसरीका ३ जनाको मृत्यु
सुनसरीमा कोरोना संक्रमण भएका थप तीन जनाको मृत्यु भएको छ ।
धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय पुरुष, धरान–१५ का ७० वर्षीय पुरुष र वराहक्षेत्र नगरपालिका–५ का ३७ वर्षीय पुरुषको मृत्यु भएको हो ।
धरान–१५ का ८९ वर्षीय पुरुष होम आइसोलेसनमा थिए। सोमबार बिहान घरैमा उनको मृत्यु भएको हो ।
धरान–२ का ८९ वर्षिय वृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थिए। उपचारकै क्रममा आइतबार राति ११ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ । वृद्धको स्वाव संकलन गरेर प्रतिष्ठानकै माइक्रोबायोलोजी विभागको प्रयोगशालामा पीसीआर जाँच गर्दा असोज २३ गते कोरोना पोजिटिभ देखिएको थियो । उनी उच्च रक्तचापका दीर्घरोगी हुन्।
वराह क्षेत्रका पुरुषको सोमबार बिहान ७ बजे विराटनगस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार बीपी प्रतिष्ठानको इमर्जेन्सी कक्षमा पुरÞ्याइएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा कोरोना देखिएपछि भेन्टिलेटरसहितको आईसीयूमा राख्न कोभिड अस्पतालमा भर्ना गर्न खोजेपछि बेड अभावले तत्काल विराटनगरस्थित नोबेल अस्पताल लगिएको थियो ।
दुवै मिर्गौला फेल भएपछि उनी मिर्गाैला प्रत्यारोपण गर्ने तयारीमा रहेका थिए । उनको उपचारकै क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।