News

सिमा विवादः भिम रावलले देशको समस्या सरकारले किन देखेन ?

सिमा विवादः भिम रावलले देशको समस्या सरकारले किन देखेन ?

सरकारले नेपाल–चिन सिमामा कुनै समस्या नरहेको वताईरहेको छ। तर, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कै नेताहरु भने सिमानामा समस्या रहेको देखिरहेका छन्।

नेता भीम रावलले सोमवार ट्वीट गरेर हुम्लाको नाम्खा गाउँपालिका, लिमी लोलुङजङमा नेपाल–चीन सीमा समस्याबारे सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन् । सरकारका आवश्यक कर्मचारीलाई स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गर्न उनको आग्रह छ।

‘नेपाल र चीनको सीमासम्बन्धमा नापी विभाग, परराष्ट्र मन्त्रालय लगायत सरकारका आवश्यक कर्मचारीलाई सामेल गरी स्थलगत अध्ययन गराई सत्यतथ्य सार्वजनिक गरियोस्,’ रावलले भनेका छन् । देशको भौगोलिक अखण्डतासँग जोडिएको विषय उठिसकेपछि वस्तुगत किसिमले टुंगो लगाउनुपर्ने रावलको माग छ ।

हुम्लाको सीमामा अवस्थित ११ र १२ नम्वर पिल्लरको आसपासमा चीनले पक्की भवनहरु बनाएको समाचार सार्वजनिक भएपछि पछिल्लो समय सिमाको विषयमा विभिन्न आशंका गरिएको छ । तर सरकारका प्रवक्ता प्रदिप ज्ञावलीले भने यसअघि चीनसँगको सीमामा कुनै विवाद नरहेको वताएका छन्। चीनले पनि आफ्नै भूमिमा भवनहरु बनाएको प्रष्टीकरण दिएको थियो ।

केही दिन अघि नेपाल–चीन सिमानामा रहेका सीमा स्तम्भको अनुगमन गर्न गएको नेपाली टोलीमाथि चिनियाँ टोलीले अश्रुग्यास प्रहार गरेर लखेटेको समाचार सार्वजनिक भएपछि सिमा विवादको विषय अझै चर्चामा आएको छ । 
 

विशेष