News

वावुराम भर्सेस विश्वप्रकाश : कांग्रेसको विज्ञप्तिले गले भट्टराई !

वावुराम भर्सेस विश्वप्रकाश : कांग्रेसको विज्ञप्तिले गले भट्टराई !

‘प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरवहादुर देउवाले ९ अर्व वाँडेर खाएको प्रमाण म सँग छ’ भन्ने अभिब्यक्ति दिएका पुर्व प्रधानमन्त्री वावुराम भट्टराई कांग्रेसको विज्ञप्तिपछि गलेका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गरेर प्रमाण भए सार्वजनिक गर्न चुनौती दिएपछि भट्टराईले बूढीगण्डकी परियोजनाबारे उच्चस्तरीय र निष्पक्ष छानविनको माग गरेका छन्।
पछिल्ला सरकारले कमिसनखोरको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई परियोजना दिएको र अहिलेसम्म अलपत्र रहेको भन्दै भट्टराईले छानविनको माग गरेका हुन।

‘मेरो प्रधानमन्त्रीकालमा नेपाल आफैंले निर्माण गर्ने प्रक्रिया अघि बढाएको राष्ट्रिय गौरवको बूढीगण्डकी परियोजना पछिल्ला सरकारले कमिसनखोरहरूको संलग्नतामा बदनाम विदेशी कम्पनीलाई दिएको र अहिलेसम्म अलपत्र पारेको विषयमा उच्चस्तरीय र निष्पक्ष छानविनको माग गर्दछु। त्यसलाई सहयोग गर्न प्रतिवद्ध छु,’ भट्टराईले ट्वीट गर्दै भनेका छन्।

केही दिनअघि गोरखामा आयोजित कार्यक्रममा बूढीगण्डकी आयोजनामा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुष्कमल दाहालले ९ अर्ब बाँडेर खाएको भट्टराईले बताएका थिए।

भट्टराईको अभिब्यक्तिप्रति आपत्ति जनाउँदै कांग्रेसले आइतबार विज्ञप्ति निकालेर भट्टराईलाई आरोप पुष्टि गर्न चुनौती दिएको थियो।
भट्टराईको ट्वीट यहाँ हेर्नुहोस।

र यो पनि

वावुराम भर्सेस विश्वप्रकाशः जुट्ला त ९ अर्व भ्रष्टाचारको प्रमाण ?

विशेष