सप्तरीमा कोरोनाका कारण वडा सदस्यसहित २ जनाको मृत्यु
सप्तरीमा कोरोना संक्रमणका कारण वडा सदस्य सहित थप दुई जनाको मृत्यु भएको छ ।
तिरहुत गाउँपालिका ३ का ४६ वर्षिय वडा सदस्यको सोमवार चितवनस्थित भरतपुर अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
कोरोना संक्रमणका कारण मृत्यु हुने उनी पहिलो जनप्रतिनिधि हुन् ।
क्यान्सरका कारण पीडित वनेको उनी लामो समयदेखि अस्पतालमै रहेको र उपचारकै क्रममा संक्रमण भएर मृत्यु भएको कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले वताए ।
यसैगरी, मंगलवार राजगढ गाउँपालिका ६ का एक पुरुको जनकपुरमा मृत्यु भएको छ। संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको उपचारका मृत्यु भएको यादवले जानकारी दिए ।
थप दुई सहित सप्तरीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेका संख्या २२ पुगेको छ ।