News

वलात्कारको घट्ना लुकाउन खोज्ने ‘पञ्च’ धरौटीमा छुटे 

वलात्कारको घट्ना लुकाउन खोज्ने ‘पञ्च’ धरौटीमा छुटे 

बलात्कारको घटनामा लुकाउन भूमिका खेल्ने ३ जना पञ्चलाई सप्तरी जिल्ला अदालतले धरौटी लिएर छोडेको छ ।

डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया किशोरीलाई वलात्कृत भएको घटना लुकाउन पञ्चायती गर्ने तीनै जनालाई जनही एक लाख १० हजार धरौटीमा छाडिएको हो ।

न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले उनीहरुलाई धरौटीमा छोडेको हो । बलात्कारमा संलग्न दुई जनालाई भने १८ वर्षभन्दा कम उमेरका भएकाले पूर्पक्षका लागि बाल सुधार गृहमा पठाएको छ ।

भदौ २६ गते चार जना मिलेर किशोरीलाई वलात्कार गरेका थिए । उजुरी गर्न तयारीमा लागेका पीडित परिवारलाई रोकेर गाउँमा पञ्चायती गरिएको थियो। पञ्चहरुले ५५ हजार लिएर मिलापत्र गराउन खोजेपछि पीडितले आत्महत्या गरेकी थिइन् ।

बलात्कारमा संलग्न दुई जना पक्राउ परेका थिए भने दुई जना फरार छन् । पञ्चायती गर्ने ३ जना पक्राउ परेका थिए भने ७ जना फरार छन् ।

सरकारी वकिलको कार्यालयले अदालतमा बलात्कारमा संलग्नविरुद्ध बलात्कार र आत्महत्या दुरुसात्हन तथा पञ्चायती गर्नेहरुविरुद्ध आत्महत्या दुरुत्साहन र प्रमाण नष्ट गरेकोमा मुद्दा दायर गरेको थियो । यसमा अधिकतम ५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ । 
 

विशेष