News

लुम्बिनी प्रदेशकी उपसभामुखसहित ३५ जनालाई कोरोना पुष्टि

लुम्बिनी प्रदेशकी उपसभामुखसहित ३५ जनालाई कोरोना पुष्टि

लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुसहित प्रदेश सभा सचिवालयका ३५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सभामुख पूर्णबहादुर घर्तीलाई संक्रमण पुष्टि भएपछि प्रदेश सभाका पदाधिकारीसहित सचिवालयमा कार्यरत ९५ जनाको स्वाब परीक्षण गरिएको थियो । मंगलबार आएको रिपोर्टमा उपसभामुख थारुसहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो । अन्य १० जनाको रिपोर्ट आउन बाँकी छ ।

कोरोना संक्रमण पुष्टी भएकाहरुमा प्रदेश सभा सचिवालयका सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, ८ जना मर्यादापालक र ७ जना सुरक्षाकर्मीसमेत रहेको प्रदेश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठले वताए ।

उपसभामुख  थारु भैरहवास्थित सरकारी निवासको आइसोलेसनमा छिन्। 

यसअघि, कानुनमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, लेखा समिति सभापति डिल्लीबहादुर चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपानेलाई पनि कोरोना संक्रमण देखिएको छ ।

विशेष