News

घरवाटै मंगल हेर्न चाहानु हुन्छ? आज आउँदैछ पृथ्वीको सवै भन्दा नजिक

घरवाटै मंगल हेर्न चाहानु हुन्छ? आज आउँदैछ पृथ्वीको सवै भन्दा नजिक

खगोलशास्त्रीहरूका अनुसार मंगलवार राती मंगल ग्रह र पृथ्वी सवै भन्दा नजिक आईपुग्ने जनाएका छन् । आ–आफनो कक्षमा घुम्ने क्रममा मंगल र पृथ्वी नजिक हुँदै गएका कारण मङ्गल ग्रह हिजोआज ठूलो र चम्किलो देखिन थालेको छ । 

हरेक २६ महिनामा पृथ्वी र मङ्गल एक अर्कासँग सबैभन्दा नजिक आइपुग्छन् अनि फेरि आ–आफ्नै कक्षमा घुम्दै टाढिँदै जान्छन्। मङ्गलवार राति त्यो खास क्षण आउनेछ जसलाई खगोलशास्त्रीहरूले ‘अपोजिसन’ अर्थात् आमनेसामने भन्ने गरेका छन्।

सुर्य, पृथ्वी र मंगल आज राती जीएमटी २३ः२० मा एक सीधा लाइनमा हुनेछन्। ‘त्यो हेर्न मध्यरात कुर्नै पर्दैन। रातमा आकाशमा त्यो देखिइहाल्छ। तपाई झुक्किनु हुनेछैन। त्यो अति चम्किलो तारा जस्तो वस्तु आकाशमा देखिन्छ,’ खगोल फोटोग्राफर ड्यामियन पीचले बीबीसीलाई भने,–‘आकाशमा देखिने यो चम्किलो ताराजस्तो ग्रह सजिलै देखिन्छ।’

यो हप्ता एकअर्काको आमनेसामने देखिने भए पनि गत हप्ताको मङ्गलवार मङ्गल र पृथ्वी २६ महिनापछि सबैभन्दा नजिक भएका थिए।

तिनीहरू अहिले ६२ करोड ६९ लाख ५७० किलोमिटरको दूरीमा छन्। सन् २०३५ सम्म सबैभन्दा कम दूरी यहीँ नै हुनेछ।

यो भन्दा अघि सन् २०१८ मा आमनेसामने हुँदा पृथ्वी र मङ्गल जम्मा ५८ करोड किलोमिटर टाढा थिए। पृथ्वी र मङ्गल आमनेसामने हुने समय पारेर विभिन्न मुलुकले पृथ्वीबाट मङ्गलग्रहतिर अन्तरिक्ष यानहरू पठाउने गर्छन्।
बीबीसीको सहयोगमा
 

विशेष