मोरङ्गमा कोरोना संक्रमण भएका तीन जनाको मृत्यु
मोरङमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ ।
कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा एकजना र विराट मेडिकल कलेजमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको हो । उनको विहान करिव सवा २ बजे उपचारकै क्रममा मृत्यु भएको हो ।
गत शनिबार कोरोना पुष्टि भएका वृद्धमा दमको पुरानो समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलले जानकारी दिए ।
यसैगरी, विराट मेडिकल कलेजको आइसोलेसनमा मंगलबार बिहान दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय पुरुष र विराटनगर महानगरपालिका– ७ हाटखोलाका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सुन्दरहैचाका पुरुषको बिहान ८ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । पीसीआर परीक्षण गराउँदा त्यही दिन रिपोर्ट पोजेटिभ आएको थियो ।
हाटखोलाका पुरुषको मंगलबार विहान साढे ११ वजे मृत्यु भएको हो । उनलाई २१ असोजमा विराट मेडिकल कलेजमा भर्ना गरिएको हो। उनी मिर्गौलासम्बन्धी समस्याल पीडित थिए ।